बाँकेमा नक्कली नोटको बिगबिगी

काठमाडाैं | फागुन ४, २०७९

बाँकेमा नक्कली नोटको बिगबिगी

नेपालगन्ज: पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ । गत केही समययता बाँकेमा ठूलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का प्रहरीले गरेको छ । 

 

प्रहरीले ठूलो परिमाणको नक्कली नोट र नोट छाप्ने मेसिन नै बरामद गरेपछि सो आशङ्का गरिएको हो । पछिल्लो पटक बाँके प्रहरीले नक्कली एक हजार रुपियाँका पाँच लाख ६९ हजार रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । एकै पटक यति धेरै नक्कली रुपियाँ बरामद गरिएपछि जिल्लामा नक्कली नोट धेरै बढी हुनसक्ने अनुमान प्रहरीको छ । 

 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२ न्यूरोडमा शङ्कास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गर्दा तीन जनाबाट नक्कली एक हजारका ५६९ वटा नक्कली नोट बरामद भएको हो । 

 

कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाईं, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३० वर्षीय दीपक बिसी र सल्यानको नवगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानाको खानतलासी गर्दा उनीहरूले बोकेको झोलाबाट सो नक्कली रुपियाँ बरामद गरेर उनीहरूलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । 

 

पक्राउ परेका मोहन रानाका साथबाट ४१८ ओटा नक्कली नेपाली एक हजारको नोट (४ लाख १८ हजार) र मोहन कुमाईंको साथबाट १५१ ओटा नक्कली नेपाली एक हजारको (एक लाख ५१ हजार) गरी कुल ५६९ ओटा एक हजारका नक्कली नेपाली रुपियाँ बरामद गरेको छ । 

 

प्रहरीले कुल पाँच लाख ६९ हजार नक्कली नेपाली रुपियाँ बरामद गरेको हो । नक्कली नेपाली रुपियाँ बोकेर हिँडी रहेका उनीहरूलाई गोप्य सूचनाको अधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो ।

 

प्रहरी प्रवक्ता डिएसपी घर्तीमगरले यति धेरै नक्कली नोट कहाँबाट कसरी ल्याइएको हो भन्नेबारे प्रहरीले विशेष टिम नै खटाएर थप अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसअघि गत माघको पहिलो साता नेपालगन्जको धम्बोझीस्थित पाहुना घर होटेलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो । 

 

पुस २९ गतेदेखि होटेलमा बसेका एक व्यक्तिले होटेलमा बसेर नक्कली नोट छपाइ गरेको भेटिएको थियो । ३० गतेसम्म होटेलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपियाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको थियो । फरार रहेका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको बेला फेरि नक्कली नोट फेला परेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्